११ कार्तिक २०८३, बुधबार

भरतपुरमा कांग्रेसद्वारा बागी उम्मेदवारीको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल नै दोहोरिने भएपछि कांग्रेसले बागी उम्मेदवारी दिने तयारी थालेको छ ।

महानगर र जिल्ला समितिको निरन्तर आग्रहको बेवास्ता गर्दै शीर्ष नेतृत्वले चुनावी तालमेलका नाममा भरतपुरमा कांग्रेसको अस्तित्व मेटाउने खेल खेलेको बताउँदै महानगरका वयोवृद्ध नेता कृष्णलाल सापकोटाले बागी उम्मेदवारीका लागि छलफल चलाउन थालेका छन् ।

केन्द्रको आदेश भन्दै चितवन कांग्रेसका सभापति राजेश्वर खनाल भने कार्यकर्तालाई रिझाउन लागेका छन् ।

चितवन जिल्ला विकास समितिका पूर्वसभापति तथा कांग्रेसका पहिलो पुस्ताका नेता सापकोटाले भरतपुर कांग्रेसले नपाए बागी उम्मेदवारी दिने घोषणा गरिसकेका थिए ।

नेता सापकोटाले उम्मेदारी दिनेगरी छलफल र भेला गर्न थालेपछि चितवन कांग्रेसका सभापति खनालले त्यसो नगर्न आग्रह गरेका छन् । यद्यपि स्थानीय कार्यकर्ताहरु पनि कांग्रेसले नै मेयर पाउनुपर्ने अडानमा अडिग रहेका छन् ।