११ कार्तिक २०८३, बुधबार

प्रचण्डको ट्वीस्टः वाम एकता गर्नुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता गर्नुपर्ने बताएका छन् ।

सत्तारुढ गठबन्धनको चुनावी तालमेलमा २० प्रतिशत भन्दा तल भाग पाएपछि निराश मानसिकतामा रहेका प्रचण्डले वाम एकताको प्रसंग उठाएका हुन् ।

तत्कालीन नेकपा फुटाउन अहम भूमिका मात्रै नखेलेर एमाले समेत फुटाएका प्रचण्डले पुनः एमालेसँग एकताको कुरा गरेका हुन् ।

शुक्रबार भ्लादिमिर इल्यिच लेनिनको १५२ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

उनले नेतृत्वको गलत निर्णयले पार्टी फुटेको बताए ।

उनले एमालेलगायतका दलहरुसँग वाम एकता गर्नुपर्ने आवश्यकता रहेको बताए ।