
काठमाडौँ, ९ वैशाख । सत्तारुढ गठबन्धनले एमालेलाई हराउनका लागि गरिरहेको चुनावी तालमेल देशभर फितलो बन्दै गएको छ ।
यसै क्रममा सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा गठबन्धन नहुने वा भए पनि तोडिने भएको छ ।
रौतहटको सबैभन्दा महत्वपूर्ण नगरपालिका चन्द्रपुरमा नेकपा एसले बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका सात जनाको नामावलीका बारेमा आज टुंगो लगाउँदैछ ।
जिल्लामा गठबन्धन गराउन खोजे पनि प्रयास विफल भएको स्थानीय नेताहरुको भनाइ छ ।















प्रतिक्रिया