११ कार्तिक २०८३, बुधबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ९ वैशाख । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हनुमाननगर कंकालीनी नगरपालिका-७ बस्ने रानी देवी मण्डललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीको २०७५ फागुन १५ गतेको फैसलाले २० वर्ष कैद ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका-५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

रानी देवीले आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो हत्या गरी हनुमानगर राजबिराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको मुद्दामा दोषी ठहर गरी अदालतले उनी उपर उक्त फैसला गरेको थियो । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाईएको छ ।