
काठमाडौँ, ९ वैशाख । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको मेयरमा एमालेबाट सियाराम कुश्वाहालाई सिफारिस गरिएको छ । उनी २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी नेकपा एमालेमा छन् ।
एमाले कटहरिया नगर कमिटीका अध्यक्ष सोनफी महतोको अध्यक्षतामा बसेको नगर कमिटी बैठकले मेयरमा कुश्वाहा र उपमेयरमा कुन्तीदेवी साहको नाम सिफारिस गरेको हो । नगरपालिका अन्तर्गत ९ वटा वडामध्ये ६ वटाका अध्यक्ष पदका उम्मेदवार सिफारिस गरिएको छ भने ३ वटा वडामा उम्मेदवार टुङ्गो लाग्न बाँकी छ ।
सिफारिस गरिएका उम्मेदवारमा वडा २ मा हरेन्द्र जयसवाल, ३ मा श्यामाकान्त यादव, ४ मा चन्दन कुश्वाहा, ६ मा जयराम चौधरी, ७ मा हरिभजन साह, ९ मा रामाज्ञा यादव छन् । वडा नम्बर १, ५ र ८ को उम्मेदवार टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ ।















प्रतिक्रिया