११ कार्तिक २०८३, बुधबार

प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरीको बढुवा सिफारिस समितिको आज बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार चार एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन् ।