११ कार्तिक २०८३, बुधबार

कांग्रेस नेताहरुद्वारा पर्सामा गठबन्धन स्वीकार नगर्ने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन नमान्ने निर्णय गरेको नेपाली कांग्रेसले पर्सामा पनि गठबन्धन अस्वीकार गर्ने घोषणा गरेको छ ।

नेपाली कांग्रेस पर्साका केही नेताहरुले स्थानीय तह चुनावमा गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ (नेपाली), क्षेत्र नं. १ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेश सभा क्षेत्र नं. १ को र २ को (क) र (ख) का क्षेत्रीय सभापतिहरु लगायतले गठबन्धन स्वीकार नगर्ने बताएका हुन् ।

गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा वीरगञ्ज महानगरका ३२ वटै वडाबाट गठबन्धनको विपक्षमा सुझाव आएको महानगर सभापति मनिन्द्रलाल श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।