
काठमाडौं, ३० चैत । सर्लाही, मलंगवा नगरपालिका-९ बस्ने ३६ वर्षीय अवधेश साहको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा रहेको मोटर जोडेको कलधारा चलाउने
क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बसामाडी बस्ने २५ वर्षीय सन्तोष भोलनको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । सोही ठाउँ बस्ने सन्देश घलानको घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर बेहोस भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया