११ कार्तिक २०८३, बुधबार

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए । केसीको कार्यकाल भने २१ दिन मात्र हुनेछ । उमेर हदका कारण केसी र एआईजी पौडेल दुबैले १९ वैशाखमा अवकास पाउनेछन् । त्यसपछि फेरि नयाँ चयन गर्नुपर्ने हुन्छ ।