
काठमाडौँ, ३० चैत । ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप बुधबार बिहान करिब ९:३० बजे मानेभञ्ज्याङ गाउँपालिका ६ भडारे खोला नजिकै दुर्घटना भएको थियो ।
जिपमा नौ जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरुको उद्वारकार्य जारी भइरहेको छ। घाइतेहरुको उदयपुरको घुर्मी स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।















प्रतिक्रिया