११ कार्तिक २०८३, बुधबार

निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिद्वारा स्वीकृति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सेना परिचालनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् ।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता सागर आचार्यले राष्ट्रिय सुरक्षा परिषदको चैत १७ गते बसेको बैठक र चैत २४ गते बसेको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सेना परिचालनको स्वीकृति प्रदान गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।