११ कार्तिक २०८३, बुधबार

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २९ चैत । सूर्यविनायक नगरपालिका वडा नम्बर–९ नलिन्चोकमा वाग्मति प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिका लोसाङ डोल्मा तामाङको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक काभ्रे पाँचखाल नगरपालिका–१ का २२ वर्षका बुद्ध तामाङ र मोटरसाइकलको पछाडि बस्ने तामाङकी श्रीमती सुस्मिता इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि डिस्चार्ज भएका छन् ।

गम्भीर घाइते छोरी लोसाङको उपचारका क्रममा न्युरो अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।