११ कार्तिक २०८३, बुधबार

गभर्नरमाथि गरिएको कारवाही कानुन सम्मत भएको अर्थमन्त्रीको दावी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारवाही कानुन सम्मत भएको दावी गरेका छन् ।

सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् ।

मन्त्री शर्माले छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताए । उनले भने, ‘छानविन गर्ने कमिटी बनाएका छौं । यो रिपोर्टले धेरै जानकारी दिन्छ ।’

उनले गभर्नरमाथिको आरोपमा धेरै नबोल्ने बताए । उनले भने, समयमा नियन्त्रण गर्न आवश्यक हो कि होइन भनेर काम गर्ने राष्ट्र बैंकले हो ।’

अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहबारे आफूले पटकपटक चासो राख्दा पनि सुनुवाइ नभएको आरोप लगाए । उनले अनुत्पादक क्षेत्र भन्नाले पूँजी बजारलाई संकेत गरेका हुन् । उनले पूँजी बजारका विषयमा पटक पटक नकारात्मक अभिव्यक्ति दिँदै आएका थिए ।