
काठमाडौँ, २८ चैत । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बैकिङ प्रणाली तरलताको चापबाट गुज्रिरहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् ।
सोमबार काठमाडौँमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन् ।
उनले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने बताइन् ।
बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको उनको भनाइ छ ।
तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको उनले बताइन् ।















प्रतिक्रिया