
काठमाडौँ, २८ चैत । नागढुंगा सुरूङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले तोडफोड गरेका छन् ।
दहचोक–सिस्ने खोला सुरूङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गरेका हुन् ।
दुई साताअघि स्थानीयले प्रदर्शन गरेका थिए । खानेपानीको व्यवस्था गरिदिने सहमतिसँगै प्रदर्शन रोकिएको थियो ।
आक्रोशित स्थानीयले आयोजनाको कार्यालयको सिसा फुटाइदिएका छन् ।















प्रतिक्रिया