११ कार्तिक २०८३, बुधबार

विमानस्थलबाट करिब ३०० ग्राम सुनको सिक्रीसहित ३ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २९९.८८ ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार एयर अरेबियाको विमानबाट सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।

प्रहरीले नौकुण्ड गाउँपालिका–१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड गाउपालिका–६का २७ वर्षीय पेम्‍मा थोक्रा र नौगुण्ड गाउँपालिका–६ रसुवाकाका २२ वर्षीय बुद्धिमान तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीले सुकुरामले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री, पेम्बा थोक्राले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री र बुद्धिमान तामाङले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री गरी ६ वटा सुनको सिक्री बरामद गरेको छ ।