११ कार्तिक २०८३, बुधबार

ऐतिाहासिक बिस्केट जात्रा यसरी भयो सुरु (फाटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने ऐतिहासिक बिस्केट जात्रा आइतबारबाट सुरू भएको छ । जात्रा वैशाख ५ गतेसम्म चल्ने छ ।

पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरू भएको हो । भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइकेले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट ल्याएको सरकारी पूजा र स्थानीय पूजा सकेर रथ तान्न सुरु गर्ने गरियो ।

बिस्केट अर्थात ‘सर्प मारियो भन्ने अर्थमा नेवार समुदायमा जात्रा मनाइन्छ। जात्रामा तान्त्रिक विधिपूर्वक निर्माण गरिएको भैरवको रथ टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आ–आफ्नो क्षेत्रमा लैजान तान्ने परम्परा छ ।

चैत मसान्तमा इन्द्रध्वजासहित लिंगो उभ्याउने र नयाँ वर्षका दिन साँझ लिंगो ढाल्ने गरिन्छ । जात्रा अबलोकन गरे शत्रु नाश हुने जनविश्वास रहिआएको छ ।

तस्वीरहरुः