११ कार्तिक २०८३, बुधबार

बैंकर्स संघद्वारा एक हप्तासम्म विलासिताका वस्तु आयात रोक्ने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले एक हप्तासम्म विलासी वस्तुहरुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ ।

संघको यो निर्णयसँगै आयात रोकिनेछ ।

आइतबार बसेको संघको बैठकले वैशाखामा निक्षेपको ब्याजदर स्थिर राख्ने र सँगै एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो ।

बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेपछि राष्ट्र बैंकले विलासिताका वस्तुहरुको एलसी नखोल्न निर्देशन गरेको थियो ।