
काठमाडौँ, २७ चैत । नेकपा (एमाले) का नेता एवम् पूर्वअर्थमन्त्री युवराज खतिवडाले अहिले देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको र मन्त्रीहरू कमाउ धन्दामा लागेको बताएका छन् ।
आइतबार एमालेले गरेको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा पनि सरकार सञ्चो मानेर बसिरहेको बताए ।
‘सरकारका मन्त्रीहरू कमाउ धन्दामा छन्। खुलमखुला चुनाव खर्च उठाउन लागेका छन्। अर्थतन्त्र गम्भीर मोडमा पुग्दा पनि सरकार सञ्चो मानेर बसिरहेको छ,’ खतिवडाले भने, ‘अर्थतन्त्र कमजोर बनेपछि राष्ट्र बैंक सक्रिय बन्न खोज्दा गभर्नरलाई कारबाही गरियो। महंगी अस्वाभाविक बढेको छ, आम मानिसमा हामी श्रीलंका हुने त होइन भन्ने परेको छ ।’
उनले भने, ‘बैंकिङ प्रणालीमा लगानीको वातावरण छैन। पैसा हराउने खेलमा सरकार लागेका कारण बैंकमा पैसा आएन। गठबन्धन टिकाउन संघदेखि प्रदेशसम्म अनेक संरचना खडा गरिएको छ । विकास मा खर्च गर्नुको साटो बजेटलाई गाडी घोडामा खर्च गरिएको छ ।’















प्रतिक्रिया