१२ कार्तिक २०८३, बिहिबार

एमाले झापा-काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं. ३ को समिति सर्वसम्मत चयन (सूचीसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, १९ चैत । नेकपा एमाले झापा-काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं. ३ ले नयाँ कार्यसमिति गठन गरेको छ ।

शनिबार बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा भएको सम्पर्क मञ्चको सम्मेलनले किरण सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दिल बहादुर तामाङ र गीता दाहाल, सचिवमा शिव प्रसाद उप्रेती, सहसचिवमा मनोहर गौतम र तारा बस्नेत तथा कोषाध्यक्षमा मोहन भट्टराई चयन भएका छन् ।

त्यसैगरी, समितिको सदस्यहरुमा हेमन्त ढुंगाना, हेमराज दंगाल, छवि ढुंगाना, खगेन्द्र घिमिरे, रोशन सुवेदी, दिपक काफ्ले, चेतन बस्नेत, सुवास खरेल, प्रतिक्षा खतिवडा, मनिश पाठक, शिशिर सापकोटा, शिखा बराइली, सागर कार्की, मदन कुमार दाहाल, कृष्ण भुर्तेल, किरण खरेल तथा सुवास खरेल रहेका छन् ।

नेकपा(एमाले) केन्द्रिय सम्पर्क समन्वय कमिटीका सचिव इन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा विशेष अतिथि केन्द्रिय सम्पर्क समन्वय कमिटीकी सदस्य गिता बराल, अतिथिहरु प्रदेश सम्पर्क कमिटी एक नम्बर प्रदेशका अध्यक्ष कपिलदेव ओली, झापा-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष सुरज काफ्ले लगायत थिए भने अध्यक्षता क्षेत्र नं. ३ का अध्यक्ष युवराज बस्नेतले गरेका थिए ।

नयाँ समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि लगायत अतिथिहरुद्वारा खादा तथा अबीर प्रदान गरिएको थियो । निर्देशनात्मक सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले सम्पर्क मञ्चले पार्टीलाई जनतासँग सम्बन्ध गाँस्न भूमिका खेल्ने बताउँदै त्यही अनुरुप समितिलाई कार्य गर्न निर्देशन दिए ।

सम्पर्क मञ्च प्रदेश १ का अध्यक्ष कपिलदेव ओलीले सम्पर्क मञ्चका इकाइहरुले छरिएर रहेका मतदाताहरुलाई समेट्ने भन्दै आफ्नो जिम्मवारी बहन गरेर अघि बढ्नुपर्ने बताए ।

विशेष अतिथि केन्द्रिय सम्पर्क समन्य कमिटीकी सदस्य बरालले नेकपा एमाले ६० वर्षमाथिका उमेरका लागि छोराछोरी बनेको भन्दै त्यही लोकप्रियताकै कारण विभिन्न सामाजिक सञ्जालमा एमालेको प्रशंसा भइरहेको उल्लेख गरिन् ।

त्यस्तै, झापा-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष सुरज काफ्लेले सम्पर्क मञ्चले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउन विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष ललित सुब्बाले आफूहरुले पनि क्षेत्रीय सदस्यको जिम्मेवारी लिँदै आएको सुनाउँदै आफूले पाएको जिम्मेवारी सानो नसम्झन नवगठित कार्यसमितिलाई आग्रह गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष बस्नेतले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै आगामी दिनमा अझै चलायमान बनाउँदै अघि बढ्न सुझाव दिए ।

नवगठित समितिका अध्यक्ष किरण सुवेदीले पार्टीको माथिल्लो निकायबाट आएको निर्देशन र नीतिलाई पालना गर्दै निर्वाचनमा पार्टीलाई विजयी गराउन सम्पर्क मञ्च समितिले सक्रिय भूमिका खेल्नेमा प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा एमालेका सम्पर्क मञ्चका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।