१२ कार्तिक २०८३, बिहिबार

नेपाल वुद्धिजीवी परिषदको १० औँ राष्ट्रिय सम्मेलन आइतबारदेखि हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, १८ चैत । नेपाल वुद्धिजीवी परिषदको १०औँ राष्ट्रिय महाधिवेशन चैत २० गते आइतबारदेखि काठमाडौँमा हुने भएको छ ।

बागबजारस्थित हार्दिक होटलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनबारे परिषदले जानकारी गराएको हो ।

परिषदका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले १० औँ महाधिवेशनका लागि ७७ वटै जिल्लाबाट करिब ४०० देखि ५०० जनाको संख्यामा प्रतिनिधिहरु सहभागी हुने बताए ।

एमाले सम्वद्ध परिषदले पार्टीलाई नीतिग, सैद्धान्तिक एवम् प्रक्रियागत विषयमा सुझाव दिनेदेखि अनुसन्धान गर्ने गरेको देवकोटाले बताए । त्यस्तै, उनले पार्टीका सिद्धान्त एवम् कार्यहरुलाई जनता सामु पुर्याउनेमा पनि परिषदले विभिन्न तहमा कार्य गरेको जनाए ।

तीन दिनसम्म चल्ने सम्मेलनले १७ पदाधिकारीसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

परिषदका ७७ वटै जिल्लामा शाखा कार्यालय रहेका छन् ।