१२ कार्तिक २०८३, बिहिबार

लुम्बिनी र दार्जिलिङका पत्रकारहरुबीच सम्बन्ध विस्तार गर्ने प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्जिलिङ, १८ चैत । लुम्बिनी र दार्जिलिङका पत्रकारहरु बिच सम्बन्ध विस्तार गर्ने प्रयास भएको छ ।

नेपाल र भारतको मुख्य दुई पर्यटकिय स्थल लुम्बिनीमा क्रियाशिल पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब र दार्जिलिङमा क्रियासिल दार्जिलिङ प्रेस गिल्ड दिर्घकालीन रुपमा सम्बन्ध बिस्तार गर्ने प्रस्ताव गरिएको छ ।

शुक्रबार दार्जिलिङमा भएको लुम्बिनी–दार्जिलिङ पत्रकार संगम कार्यक्रमले दुई देशका मुख्य पर्यटकीय क्षेत्रका पत्रकार बिच सम्बन्ध बिस्तार गर्ने प्रस्ताव गरेको हो ।

कार्यक्रममा बोल्दै दार्जिलिङ प्रेस गिल्डका अध्यक्ष रविन राइले लुम्बिनीका पत्रकारहरुलाई दार्जिलिङमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । राईले लुम्बिनी महामानव गौतमबुद्धको जन्मस्थल भएको र उक्त स्थानका पत्रकारहरु दार्जिलिङ आएको थाहा पाउँदा आफू धेरैनै हर्षित भएको जानकारी दिए । राईले लुम्बिनी र दार्जिलिङका पत्रकारहरुबीच प्रगाढ सम्बन्ध कायम गरिने बताए ।

कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले निकट भविस्यमा सहकार्य हुने गरि दिर्घकालिन रुपमा सम्बन्ध रखिने बताए । केसीले नेपाली साहित्यको उर्वर भुमि दार्जिलिङ भएको बताए ।

पत्रकारहरुको सहकार्य पत्रकारहरु संगै हुनुपर्ने बताउदै केसिले सम्बन्ध कायम गर्ने पहिलो प्रयास स्वरुप दार्जिलिङका पत्रकारहरुलाई आगामी जेठ २ गते लुम्बिनीमा हुने बुद्ध जयन्ती कार्यक्रममा लुम्बिनी आउन निमन्त्रणा गरे ।

कार्यक्रममा दार्जिलिङ प्रेस गिल्डका पुर्व अध्यक्ष संजय बिश्वास, लुम्बिनी प्रेस क्लवका संथापक अध्यक्ष माधव ढुगांना, दार्जिलिङ प्रेस गिल्डका छिरिङ शेर्पा, लुम्बिनी प्रेस क्लवका कोषाध्यक्ष प्रकाश न्यौपाने लगायतले दार्जिलिङ र लुम्बिनीका पत्रकारहरु बिच दिर्घकालिन रुपमा सम्बन्ध कायम राख्न सकिए यसको प्रतिफल दुई देशको पत्रकारिता क्षेत्रको लागि सकारात्मक प्रयास हुने भनाइ राखे ।

दार्जिलिङ प्रेस गिल्डमा भारतको दार्जिलिङ जिल्लामा पत्रकारिता गर्ने ४७ जना पत्रकारहरुको आवद्धता रहेको छ भने लुम्बिनी प्रेस क्लवमा रुपन्देहीको सदरमुकाम भैरहवामा रहेर पत्रकारिता गर्ने ३० जना पत्रकारहरुको आवद्धता रहेको छ ।

लुम्बिनी प्रेस क्लवको बार्षिक रुपमा हुने वैदेशिक भ्रमण कार्यक्रम अन्तर्गत सिक्किम र दार्जिलिङ भ्रमणमा २० जना पत्रकारहरुको सहभागिता रहेको छ ।