१२ कार्तिक २०८३, बिहिबार

सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको हुँः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, १७ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताएका छन् ।

बिहीबार जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै सिञ्जाको विकासको लागि आफू लागि पर्ने बताए ।

उनले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएकाले विकासको इतिहास आफ्नो परिस्थितिअनुसार बनाउनुपर्ने भन्दै उनले केन्द्रबाट गर्नुपर्ने सबै सहायोग हुने बताए । ‘ढुक्क हुनुहोस्, सिँजाले विकास गर्न सक्छ । एकआपसमा हातेमालो गरौँ’, उनले भने ।

अध्यक्ष ओलीले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, रारा ताल, कनका सुन्दरी, त्रिपुरा सुन्दरी लगायतका धार्मिक पर्यटकीयस्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सी चामल नेपालको ओरिजिनल ब्रान्ड भएको बताए ।

त्यस्तै, अध्यक्ष ओलीले देउवा सकारको दिनगिन्ती सुरु भइसकेको पनि बताए, ‘यो म्यादी सरकार हो । दिनगन्ती सुरु भइसकेको छ ।’

जुम्ला पुगेका अध्यक्ष ओलीले जुम्लाको नराकोटमा मार्सी चामलसँगै सिमीको तरकारी खाएका थिए । उनले भने, ‘पहिले एक पटक मार्सी चामल खाएको थिए । निकै चर्चा चुल्यो । अहिले त झन् सिञ्जामै आएर मार्सी चामल र हिमा नदीको माछा खादा खुसी भएँ ।