१२ कार्तिक २०८३, बिहिबार

माओवादीका प्रदेश सदस्य र गाउँपालिका अध्यक्ष र सचिव एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १६ चैत । नेकपा माओवादी केन्द्र कि प्रदेश कमिटी सदस्य रिता यादब, विश्रामपुर गाउँपालिका कमिटीका अध्यक्ष मनिर देवान, परसौनी गाउँपालिका कमिटीका सचिव सरोज साह, नेकपा माओवादी केन्द्र परित्याग गरि आज एमालेमा प्रवेश गरेका छन् ।

देबानसँगै उनले नेतृत्व गरेको विश्रामपुर गाउँपालिका कमिटी नै एमालेमा प्रवेश गरेको छ । नवप्रवेशी हरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सहइन्चार्जहरु पुरुषोत्तम पौडेल,अच्युत मैनाली,ज्वाला साह,केन्द्रिय सदस्य बलबिर चौधरी,बाराका अध्यक्ष बिनोद साह लगायतले स्वागत गर्नुभएको एमाले बाराका नेता मनोज पौडेलले जानकारी दिए ।

एमालेमा प्रवेश पछि कार्यक्रममा बोल्दै रिता यादवले माओवादीले यो देशमा अब केही पनि गर्न नसक्ने भएकोले एमालेमा प्रवेश गरेको बताए । त्यसैगरी मनीर देवानले माओवादीले जनतालाई भ्रममा पार्ने काम मात्र गरेको उल्लेख गर्दै माओवादी परिवार पथमा लागेकोले अब माओवादीमा बस्न नसकिने भएकोले आफूले नेतृत्व गरेको कमिटी नै एमालेमा प्रवेश गरेको बताए ।