१२ कार्तिक २०८३, बिहिबार

कुरा हैन, काम गरेर देखाऔँः अध्यक्ष लिङ्देन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कुरा मात्र गरेर हैन काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ ।

निर्वाचनको बेला कुरा गरेर जनमतलाई आफूतर्फ ल्याउने र पछि कुनै काम नगर्ने प्रचलन अब अन्त्य भएको जिकिर गर्नुभयो । कपिलवस्तुको जितपुरमा आज आयोजित पार्टीको आमसभा तथा प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकलाई समृद्ध बनाउन देश र जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

“पटकपटक अन्य पार्टीलाई जिताउँनुभयो, अब एक पटक रापप्रालाई जिताउँनुहोस्”, लिङ्देनले भन्नुभयो, “पाँच वर्षको लागि राप्रपाालाई जिताए देशको मुहार फेर्ने छौँ ।”

एकतीस वर्षसम्म देशमा नेतृत्व गरेका दलले देश विकास गर्न नसकेको जिकिर गर्दै उहाँले अब नागरिक सजग भएर राप्रपालाई मतदान गर्नुपर्ने बताउनुभयो । –रासस