
पोखरा, १६ चैत । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पोखरा महानगरपालिकाको प्रथम अधिवेशनले हरि भुजेलको नेतृत्वमा २९ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको छ ।
वुधबार पोखरास्थित न्यू एरा पार्टी प्यालेसमा भएको अधिवेशनले भुजेलको अध्यक्षतामा सर्वसम्मत कमिटि चयन गरेको हो ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशनबाट उपाध्यक्षमा कल्पना भुवाजी क्षेत्री र नरहरि अधिकारी, सचिवमा हेमराज भण्डारी, कोषाध्यक्षमा सीमा कोइराला, उपसचिवमा तुलबहादुर थापा, रामजी तिवारी र टिकाराम सापकोटा, सहकोषाध्यक्षमा इन्द्रमान चौहान चयन भए ।
त्यस्तै, सदस्यहरुमा राधा सापकोटा, भेषराज पोखरेल, संग्रीला मरासिनी, निपेश अधिकारी, विश्वराज पोखरेल, गोविन्द बराल, राजु पौडेल, सम्राट पौडेल, अशोक खड्का, रामचन्द्र लामिछाने, बालकृष्ण भण्डारी, टिकाराम अधिकारी, कल्पना आचार्य, श्रीराम बराल, रोशी गौतम, सागरमणि न्यौपाने, निलकण्ठ पोखरेल, चन्दन पुरी, माधवप्रसाद तिवारी र सुस्मा अधिकारी चयन भएका छन् ।

कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख अधिकारीले देशकै ठूलो महानगर अनि त्यसमा पनि व्यवसाय क्षेत्रबाट परिवर्तनको लागि नेतृत्वमा पुग्ने सबैलाई बधाई दिए ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज भीम कार्कीले व्यावसायिक क्षेत्रसँगको सल्लाहमा पार्टीले महानगरको विकासका योजना बनाउन सकिने उल्लेख गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद कृष्ण थापा, राजीव पहारी, कास्की अध्यक्ष मनबहादुर गुरुङ लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपाने तथा जिल्ला पार्टी कमिटी सदस्य अर्जुन गिरी, दामु अधिकारी, यदु अधिकारी, प्रदेश कमिटी सदस्य सूर्यबहादुर भुजेल, हरि शर्मा गैह्रे तथा महासंघका प्रदेश सहइन्चार्ज प्रवेशचन्द्र उप्रेती लगायत महासंघमा आबद्ध केन्द्र प्रदेश जिल्ला, महानगर र वडा अध्यक्षसहित सदस्यहरुको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया