
काठमाडौँ, १६ चैत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले प्रवेशको ठूलो लहर चलेको छ ।
यसैक्रममा १५ हजार भन्दा बढी माओवादीका पूर्वलडाकुहरुसहित २२ हजार जनालाई नेता कार्यकर्ताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्दै छन् ।
भक्तपुरमा हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व लडाकुहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको छ ।
एमाले केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले प्रवेश गर्ने पूर्वलडाकुहरुको व्यवस्थापन गरेका छन् ।
प्रसाईंले सांकेतिकरुपमा युवाहरुलाई उत्पादनसँग जोड्ने कार्यक्रम (कृषि बजार उदघाटन) कै अवसरमा पूर्वलडाकुलाई एमाले प्रवेश गराउन लागिएको बताए ।
निर्वाचनको मुखैमा प्रसाईको पहलमा आज २२ हजार युवाहरुलाई एमाले प्रवेश गराउने प्रसाईंले बताएका छन् ।















प्रतिक्रिया