
बुटवल, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा दिन नचाहेको बताएका छन् ।
मंगलबार तिलोत्तमा नगरपालिकामा निर्मित भ्यूटावरको उद्घाटन गर्दै उनले एमालेले गठन गरेको भूमि आयोग अहिलेको सरकारले विघटन गरेर सुकुम्बासीमाथि पहिलो बञ्चरो प्रहार गरेको बताए ।
अघिल्लो सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका यो सरकारले आयोग खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणतर्फ कटाक्ष गर्दै दिल्ली गएपछि फाइल भेटिन सक्ने टिप्पणी गरे ।
‘शुक्रबार प्रधानमन्त्री दिल्ली जाँदै हुनुहुन्छ, त्यहाँ गएपछि फाइल भेट्छन् होला’ ओलीले भने ।
ओलीले एमालेको सरकार बनेपछि भारतसंगको परनिर्भरता कम भएको र भ्यूटावर निर्माण लगायत विकासको लहर चलेको बताए ।














प्रतिक्रिया