
बुटवल, १५ चैत । रुपन्देहीको तिलोत्तमामा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले भ्यूटावर उद्घाटन गरेका छन् ।
करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावरको मंगलबार विहान आयोजित कार्यक्रममा ओलीले उद्घाटन गरेका हुन् ।
भ्यूटावर शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत लागत साझेदारीमा तयार भएको हो ।
१० तले भ्यूटावरमा होटेल, व्यवसायिक पसल, पुस्तकालय आदि रहने र तिलोत्तमा नगरपालिकालाई मासिक ३ लाखसम्मको आम्दानी हुने जनाइएको छ ।














प्रतिक्रिया