
काठमाडौँ, ९ चैत । मकवानपुरको मनहरीबाट लागूऔषध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका वडा नम्बर–६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४४०९ नम्बरको ट्रकबाट ४२ किलो लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया