१३ कार्तिक २०८३, शुक्रबार

पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कार्यकक्षमै पुगेर पक्राउ गरिएको पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्रीले तत्काल रिहा गर्न निर्देशन दिएको जानकारी दिएकी हुन् । यसअघि संयोजक दाहालले यस घटनामा प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयको कुनै हात नरहेको स्पष्ट पारेकी थिइन् ।

प्रहरीले विभिघन्न सञ्चारमाध्यमका पत्रकारलाई कार्यकक्षमै पुगेर बिना पूर्जी पक्राउ गरेको छ ।

घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको दाहालले बताइन् ।