काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) का तत्कालीन महाप्रबन्धक सञ्जिव झा पक्राउ परेका छन्।
संस्थानलाई गम्भीर हानि-नोक्सानी पुर्याई गैरकानुनी रूपमा आर्थिक लाभ लिएको उजुरीको प्रारम्भिक छानबिनका आधारमा उनीसहित आठ कर्मचारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
उनीहरूलाई आपराधिक विश्वासघात गरेको कसुरमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।












प्रतिक्रिया