काठमाडौं। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले विभिन्न सञ्चार माध्यमका पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको हात नरहेको बताएकी छिन् ।
दाहालले यसमा प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेकी हुन् । यसबारेमा प्रधानमन्त्री, उनको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कुनै जानकारी भएको दाहालको भनाइ छ ।
उनले भनिन्, “आज जे जति घटनाक्रमहरू विकास भएका छन्, यी घटनाक्रमहरूमा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुनै पनि संलग्नता छैन। हामीलाई यसबारे कुनै जानकारी छैन।”












प्रतिक्रिया