१३ कार्तिक २०८३, शुक्रबार

नयाँ-नयाँ ठाउँ घुमाउँदै बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ९ चैत । पर्सामा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बहुदरमाई नगरपालिका–९ विश्रामपुरका ३५ वर्षीय सन्देश महतो कोइरीलाई सोमवार पर्सा प्रहरीले पक्राउ गरेको हो ।

कोइरीले ती किशोरीलाई विवाह गर्छु भनी झुटो प्रलोभनमा पारी नयाँ–नयाँ ठाउँमा घुमफिर गराउने बहाना बनाएर पटक-पटक करणी गरेको भन्ने जाहेरी परेपछि प्रहरीले उनलाई उनलाई वीरगञ्ज महानगरपालिका–१३ बाट पक्राउ गरको हो ।

उनीमाथि जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।