काठमाडौ १६ जेठ। साहारा बिकास बैंकले यही जेठ २३ गतेबाट प्राथमिक सेयर निष्कासन (आइपीओ जारी) गर्दैछ । बैंकले सर्वसाधारणको लागि ५५ हजार आठ सय कित्ता, सामूहिक लगानी कोषको लागि तीन हजार कित्ता र आफ्ना कर्मचारीको लागि एक हजार दुई सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
एक सय रुपैयाँ प्रतिसेयर मूल्य रहेको कम्पनीको सेयरमा सर्वसाधारणले न्युनत्तम ५० कित्ता देखि अधिकत्तम पाँच हजार कित्ता सम्मको लागि आवेदन दिन सक्ने छ । सामूहिक लगानी कोषको लागि छुट्याइएको तीन हजार कित्तामा नबिल ब्यालेन्स फण्ड र सिद्धार्थ लगानी बृद्धि योजना दुवैले एक हजार पाँच सय कित्ता दरले लगानी गरेका छन ।
बैंकको सेयर बिक्री छिटोमा जेठ २७ गते र ढिलोमा असार छ गते बन्द हुने छ । सेयर निष्कासन पछि चुक्तापूँजी दुई करोड रुपैयाँ पुग्ने बैंकले त्यसपछिका बर्ष आव २०७२र७३ सम्ममा भने यो रकममा फेरबदल नहुने उल्लेख गरेको छ । यसले बैंकको सेयरमा लगानी गर्नेले सो अवधिसम्ममा बोनस तथा हकप्रद सेयर पाँउने सम्भावना कम रहेने देखिन्छ ।
बैंकको सेयरमा लगानी गर्नेलाई नगद लाभांश दिने सम्भावना भने रहन्छ । आव २०७०र७१ मा बैंकको सञ्चित तथा जगेडा कोष भने ६६ लाख ५४ हजार रहेको छ ।
बैंकको सेयरमा सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमइको कार्यलय, गण्डकी बिकास बैंक पोखरा, साहरा बिकास बैंकको मुख्य कार्यालय तथा शाखा कार्यालयहरुबाट, काबेली बिकास बैंक घनकुटा, सहयोगी बिकास बैंक जनकपूर, ग्रोमर मर्चेन्ट बैंकर, लक्ष्मी क्यापिटल मार्केट, सिद्धार्थ बिकास बैंक नेपालगञ्ज र कञ्चन बिकास बैंक कञ्चनपूर लगायत रहेका छन ।













प्रतिक्रिया