१५ कार्तिक २०८३, आइतबार

नीति/नियम कार्यान्वयन गर्ने प्रमुख निकाय नै कर्मचारी संयन्त्र हो : प्रदेश प्रमुख जोशी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

{“caption”:”u0938u0941u0926u0942u0930u092au0936u094du091au093fu092eu0915u094b u092au094du0930u0926u0947u0936 u092au094du0930u092eu0941u0916u0915u094b u092au0926u092du093eu0930 u0917u094du0930u0939u0923 u0917u0930u094du0926u0948 u0928u0935u0928u093fu092fu0941u0915u094du0924 u092au094du0930u0926u0947u0936 u092au094du0930u092eu0941u0916 u0926u0947u092cu0930u093eu091c u091cu094bu0936u0940 u0964 u0924u0938u094du092cu093fu0930 : u0905u0930u094du091cu0941u0928 u0936u093eu0939 u0964 u0915u093eu0928u094du0924u093fu092au0941u0930nn”,”photographer”:””,”alt_text”:””}

मार्तडी, १६ फागुनस् सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन् ।

गृह जिल्ला भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताउए ।

तीन दिनदेखि गृह जिल्लामा रहेका प्रदेश प्रमुख जोशीले राजनीतिक दबाबभन्दा पनि नागरिकलाई दिने कार्यालयका सेवा सहजरुपमा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले कर्मचारीको सरकारका नीति तथा कार्यक्रम कार्यान्वयमा महत्वपूर्ण भूमिका रहेको बताए । प्रदेश र सङ्घ सरकारले बनाएका नीति तथा ऐन सहजरुपमा नागरिकसम्म पु¥याउन कर्मचारीले इमान्दारिता देखाउनुपर्नेमा प्रदेश प्रमुख जोशी जोड थियो ।

कर्मचारी संयन्त्र स्थायी भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारले बनेका नीति नियम, नियमावली र ऐन, कानूनबमोजिम सञ्चालित हुने भएकाले कार्यान्वयमा गर्नुपर्ने प्रमुख जोशीले आग्रह गरे ।-रासस