
काठमाडौँ, १५ फागुन । सरकारले व्याख्यात्मक घोषणाद्वारा अमेरिकी सहयोग परियोजना पारित गर्ने निर्णय गरेको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणा ग्रहण गरेको हो ।
आइतबार एमसीसीमाथि छलफल सकिएपछि निर्णयार्थ पेश गर्नुपूर्व आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । त्यही समयमा मन्त्रिपरिषदको बैठक बसेर एमसीसीलाई पारित गर्ने निर्णय गरिएको हो ।
त्यसपछि बाँकी विस्तृत छलफल हुने र मतदान गरेर एमसीसी पारित गर्ने सरकारको तयारी रहेको छ ।












प्रतिक्रिया