५ कार्तिक २०८३, बिहिबार

युद्ध चाहँदैनौं भन्दै रूसविरुद्ध रूसी नागरिक‚ तस्बिर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा हजारौं रूसी नागरिक सडकमा ओर्लिएका छन्। रूसी राजधानीमा नै युद्धविरोधी नारा लेखिएका प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन्।

रूसले केही महिनाको प्रयासपछि बिहीवार युक्रेनमाथि हमला गरेको छ। रूसको सैन्य हमलामा परी युक्रेनको राजधानीलगायतका सहरमा केही नागरिकको ज्यान पनि गएको छ। हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत सहरमा प्रदर्शन भइरहेको छ। प्रदर्शनमा परेर अहिलेसम्म १ हजार ७०० जनालाई नियन्त्रणमा लिइएको छ।

रूसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन्। ती प्रदर्शनहरुमा रूसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ। रूसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शनिवार तेस्रो दिन हो। –एजेन्सी