
काठमाडौँ, २३ माघ । सत्तारुढ गठबन्धन तोडिने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीका विषयमा चर्काचर्की भएसँगै गठबन्धन तोडिने भएको हो ।
स्रोतका अनुसार देउवा र प्रचण्डबीच एमसीसीका विषयमा टेलिफोनमा कुरा हुँदा चर्काचर्की भएको जनाइएको छ ।
यसैबीच आजै देउवाले बोलाएको मुख्य दलको छलफलमा प्रचण्डले नजाने संकेत गरेका बताइएको छ ।
देउवाले आफ्नो र प्रचण्डले हस्ताक्षर गरेको पत्रबारे खुलाएकोमा प्रचण्ड आक्रोशित बनेका हुन् ।
प्रधानमन्त्री देउवाले एमसीसी मुख्यालयलाई यथास्थितिमै एमसीसी पारित गर्ने भन्दै आफू र प्रचण्डले हस्ताक्षर गरेको खुलासा गरेका थिए ।
त्यस्तै, एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले समेत देउवा र प्रचण्डले एमसीसी पारित गर्ने लिखित प्रतिवद्धता पत्र पठाएको धन्यवाद समेत दिएकी थिइन् ।
देउवाले बोलाएको बैठकमा प्रचण्ड नजाने र माधव नेपाललाई देउवाले नबोलाएको बुझिएको छ ।
यसरी हेर्दा प्रचण्डको दोहोरो चरित्रका कारण गठबन्धन तोडिने नेताहरुले बताएका छन् ।
देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र लिक भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । विश्लेषकहरु अब गठबन्ध टुट्ने बताउँछन् ।















प्रतिक्रिया