९ कार्तिक २०८३, सोमबार

एमसीसीको यो बुँदा नेपालको कानूनभन्दा माथि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौतालाई जस्ताको त्यस्तै स्वीकार गरेको तथ्य खुलेको छ ।

एमसीसी मुख्यालयले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले लिखित पत्रमार्फत एमसीसी स्वीकारेको खुलासा गरेको हो ।

एमसीसीका उपाध्यक्ष फतिमा सुमारले बिषयलाई एमसीसीलाई जस्ताको तस्तै पारित गराउने लिखित पत्र दिएको भन्दै दुवै नेतालाई मुख्यालयले धन्यवाद दिएको तथ्य खुलाएकी हुन् ।

उता एमसीसी सम्झौताको बुँदा नम्बर ७.१ मा भनिएको छ, ‘यो कम्प्याक्ट लागू भएपछि यसका सर्तहरु नेपालका कानून भन्दा माथि हुनेछन ।’

यस्तो छ बुँदाः

हाल एमसीसीको विवाद चुलिएको छ । उता नागरिकस्तरमा भने एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै आन्दोलन नै चर्किएको छ ।