काठमाडौं । सामसुङ मोबाइलको ग्यालेक्सी स्टार प्रो र ग्रान्ड टु बजारमा थप रंगमा उपलब्ध हुने भएको छ ।
सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आईएमएस) स्टार प्रो थप तीन रंगमा र ग्रान्ड टु थप एक रंगमा बजारमा उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार अब बजारमा स्टार प्रो मोबाइल रातो, ओरेन्ज र लाइम ग्रीन रंगमा पनि उपलब्ध हुने छ भने ग्रान्ड टु कालो रंगमा पनि उपलब्ध हुने छ ।
अहिले बजारमा ग्रान्ड टु ३६ हजार ९ सय र स्टा प्रो १० हजार ७५ रुपैयाँ खरिद गर्न सकिन्छ । यी दुबै सेट बजारमा लोकपि्रय रहेका छन् । खासगरि मध्यमवर्गिय युवापुस्तामा यी सेट लोकपि्रय रहेका छन् ।














प्रतिक्रिया