
काठमाडौँ, २१ माघ । मोरङ प्रहरीले तीन जनाको हत्या अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शुक्रबार आफ्ना साझेदारहरुको हत्या गरेको आरोपमा प्रहरीले अनिल मण्डलसहित तीन जनालाई सार्वजनिक गरेको हो ।
आज पत्रकार सम्मेलन गरी प्रहरीले सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार मण्डल मुख्य आरोपित हुन् भने अन्य दुई सहयोगी हुन् ।
प्रहरीको अनुसन्धानअनुसार कारोबार रकम एकलौटी बनाउने उद्देश्यले आफ्ना साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या खुलेको हो ।
माघ १३ र १४ गते श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर ठेंचोमा गाडिएकै अवस्थामा फेला परेको थियो ।












प्रतिक्रिया