१८ कार्तिक २०८३, बुधबार

गोकर्णेश्वर नगरपालिकाले विद्यालय खोल्ने निर्णय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । उपत्यकाको गोकेर्णेश्वर नगरपालिकाले विद्यालयहमा भौतिक उपस्थितिमै पठनपाठन गराउने निर्णय गरेको छ ।

सरकारले माघ मसान्तसम्म सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको भए पनि गोकर्णेश्वरले भने २३ माघ अर्थात् आगामी आइतबारबाट भौतिक उपस्थितिमै विद्यालय खोल्ने निर्णय गरेको हो ।

तर कक्षामा २५ जनाभन्दा बढी विद्यार्थीहरु नराख्ने र आलोपालो कक्षा सञ्चालन गरिने भएको हो ।