१८ कार्तिक २०८३, बुधबार

२२ जना शाखा अधिकृत उपसचिवमा बढुवा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्जिनियरिङतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा अधिकृतहरुको बढुवा सिफारिस गरेको हो ।

मन्त्रालयले सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहका ९ जना र हाइवे उपसमूहका १३ जनालाई बढुवा सिफारिस गरेको हो ।

मन्त्रालयका अनुसार जनरल उपसमूहबाट विनोद शाक्य, लक्ष्मीप्रसाद भण्डारी, नवराज पौडेल, प्रेमनारायण बस्याल,दीपककुमार मिश्र, सागरराम नेपाल, हुतराज चौहान, राकेशराज मिश्र र ओमकुमार साह उपसचिवमा सिफारिस भएका छन् ।

त्यस्तै, हाइवे उपसमूहबाट विष्णुवाबु पाण्डे, त्रिलोकनाथ घिमिरे, उज्जवल श्रेष्ठ, नरेन्द्रप्रसाद भट्ट, जगत प्रजापति, अरुणकुमार लाल कर्ण, रमेश चौधरी, आरती साह, गागलबहादुर भण्डारी, सजना अधिकारी, सविन जोशी, ध्रुवकुमार झा र राधिका प्रजापति श्रेष्ठ सिफारिस भएका हुन् ।