१८ कार्तिक २०८३, बुधबार

राष्ट्र बैंकले माग्यो सात लाखभन्दा बढीको नगद कारोबारको विवरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० माघ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।

केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो ।

विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य बैंकहरूलाई पठाएको पत्रमा गत साउन १ देखि पुस ३० गतेसम्म भएका रु सात लाखभन्दा बढीको नगद कारोबार गर्नेको पूर्ण विवरण यही माघ २४ गतेसम्ममा उपलव्ध गराउन निर्देशन दिइएको छ । –रासस