
झापा, २० माघ । झापाको मेचीनगरमा एक जुत्ता कारखानामा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ ।
मेचीनगर नगरपालिका–६ रहेको श्याम खेतानको एसएस फुटवेयरमा बिहीबार बिहान साढे ११ बजेदेखि लागेको भीषण आगलागी साँझ ५ बजे नियन्त्रणमा आएको हो ।
जम्मा १३ वटा दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ३ वटा भारतबाट ल्याइएको थियो ।
दमकलको पर्याप्तता नहुँदा र बाक्लो बस्ती भएका कारण आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।
आगलागीबाट ८ करोण भन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया