१८ कार्तिक २०८३, बुधबार

प्रदेश नं १ मा ४०१ जनामा कोरोना सङ्क्रमण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १९ माघ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

छ सय २० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२ मध्ये विराटनगरमा ४८, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा आठ, धनकुटामा तीन, इलाम र पाँचथरमा दुई/दुई, सङ्खुवासभामा एक र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै २१३ महिलासहित ४५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमित पाँच हजार दुई रहेको मन्त्रालयले जनाएको छ । –रासस