२८ आश्विन २०८३, बुधबार

मोदीद्वारा चिनियाँ राष्ट्रपतिलाई निम्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi_Xi-Jinping

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

उहाँले यसै वर्ष भारत भ्रमणका लागि चिनियाँ राष्ट्रपति सिलाई आमन्त्रण गर्नुभएको भारतीय विदेश मन्त्रालयद्वारा प्राप्त समाचारमा जनाइएको छ ।

हालैमात्र भारतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीलाई बधाई दिन चिनियाँ प्रधानमन्त्री लि केकियाङले बिहीबार मोदीलाई फोन गर्नुभएको थियो ।

सोही क्रममा भारतीय प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई भारत भ्रमणको निमन्त्रण दिनुभई यसै वर्ष भारत भ्रमणको कार्यक्रम राख्न आग्रह गर्नुभएको विदेश मन्त्रालयले जनाएको छ ।

शनिबारै विहान चिनियाँ प्रधानमन्त्री केकियाङ्ले टेलिफोन गरी भारतीय प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्नुभएको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

फोनवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले चीनसँग कामगर्न आफू तयार रहेको भन्दै आगामी दिनमा दुई देशका बीचमा कुनै असमझदारी भए त्यसमा मिलेर जाने धारणा राख्नुभएको बताइएको छ ।

सन् १९६२ मा भारत र चीनका बीचमा भएको सीमासम्बन्धी विवादका कारण युद्ध भएको थियो । त्यसपश्चात भारत र चीनका बीचमा सुमधुर सम्बन्ध रही आएको छैन ।

भारत र चीन एसियाली क्षेत्रका दुई छिमेकी एवम् शक्तिशाली राष्ट्र हुन् । मोदीले हालैमात्र उहाँको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा दक्षिण एसियाका सबै देशका सरकार प्रमुखलाई निमन्त्रणा गर्नुभएको थियो ।

सन् २०१२ मा मात्र चिनियाँ राष्ट्रपति हु जिन्ताओले भारतको औपचारिक भ्रमण गर्नुभएको थियो । रासस÷एएफपी