३० आश्विन २०८३, शुक्रबार

सामसुङ सिटिसी मोबाइल एक्स्पोमा ९ करोडकोे कारोबार, ७औं दिन पनि अवलोकनकर्ताको भीड उस्तै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsung-4days (3)

काठमाडौं, ३ वैशाख । राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी सामसुङ मोबाइल एक्स्पो २०१५ को सातौं दिन सम्म ८ करोड ३२ लाखभन्दा बढीको कारोबार भएको छ ।

जारी एक्स्पोको सातौं दिन सम्ममा ५ लाखभन्दा धेरै अबलोकनकर्ताहरु एक्स्पो हेर्न आएको सिटिसि मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिनुभयो । एक्स्पो अबधीमा सामसुङ, माइक्रोम्याक्स, कलर्श, पानासोनिक, कार्बन, हुवावे र जियोनी मोबाइलको कारोबार उच्च रहेको बजारका महासचिब केशबराज लुइँटेलले जानकारी दिनुभयो ।

dance3एक्स्पोमा दैनिक १० भन्दा बढी लक्की ड्र भइरहेको छ । प्रबेशसँगै लक्की ड्र माप्रबेश गर्नेहरुलाई प्रत्येक घण्टा लक्की ड्र मा समाबेश गराइरहेको बजारले जनाएको छ । माइक्रोम्याक्स, सामसुङ, कार्बन, रेज लगायतका मोबाइलले अबलोकन कर्तालाई मनोरञ्जन दिन बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

croudआफ्ना उत्पादनतर्फ आकर्षित गर्न एक्स्पोमा सहभागी सबै मोबाइल कम्पनीहरुले फरक फरक अफर तथा छुट प्रदान गरिरहेका छन् । ‘सुचना प्रबिधीको नयाँ आधार सबैका लागि सिटिसी मोबाइल बजार’ मुख्य नाराका साथ बजारलाई चिनाउन गरिएको यो मोबाइल एक्स्पोमा सोचेभन्दा राम्रो कारोबार भइरहेको र अबलोकनकर्ताको उल्लेख्य सहभागिता भएको बजारले जनाएको छ ।

मेला अबधिभर कलर्स मोबाइलको छुट अफरमा सिटिसी मोबाइल बजारमा कलर्र्स मोबाइल खरिद गर्दा कलंकीका शुरेस चन्द्र श्रेष्ठले ५० हजार र मोबाइल बजारकै सिटिभी मोबाइलमा पिएनलामाले कलर्सको के २० ड्रोइड मोबाइल खरिद गर्दा २५ हजार क्यास पाएको कलर्स मोबाइलले जनाएको छ ।

एक्स्पो शनिबार सम्म चल्ने बजारका कोषाध्यक्ष मनोज मानन्धरले जानकारी दिनुभयो । शुक्रबार र शनिबार एक्स्पोमा अबलोकनकर्ताको उल्लेख्य सहभागिता रहने आयोजकको बिश्वास छ ।

cricket boling Criket bowling  Dance1  samsung-winner