काठमाडौं, ३ वैशाख । फ्लोरिकल्चर एशोसिएशन नेपालले पुष्प व्यवसाय प्रवद्र्धनका लागि राजधानीमा परामर्श केन्द्र स्थापना गरेको छ ।
नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएशन नेपालले काठमाडौं जिल्ला र यस वरपर रहेका जिल्लाहरुलाई समेत समेट्ने गरि काठमाडौंमा पुष्प ब्यबशाय परामर्श केन्द्रको स्थापना गरेको हो ।
परामर्श केन्द्रको समुद्घाटन नेपाल सरकार कृषि बिकास मन्त्रालयका सचिब उत्तम कुमार भट्टराइले बिहिबार गर्नुभयो । केन्द्रको उद्देश्य काठमाडौं जिल्ला र यस वरपर रहेको जिल्लाहरुमा पुष्प ब्यबशायको बिकास, बिस्तार र प्रबद्र्धन गर्ने रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो ।
परामर्श केन्द्रको स्थापना पछि काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला र यस वरपर रहेको बिभिन्न जिल्लाका पुष्प ब्यबशायी लगायत पुष्प प्रेमीहरुलाई बिभिन्न जानकारीका लागि सहज हुने अतिथी तथा सचिब उत्तम कुमार भट्टराइले बताउनुभयो ।
काठमाडौं देशकै ठूलो पुष्प तथा पुष्पजन्य उत्पादन तथा बिक्री हुने मुख्य स्थान भएकोले यस क्षेत्रमा खुलेको केन्द्रिय स्तरको परामर्श केन्द्रबाट धेरै भन्दा धेरै पुष्प ब्यबशायीहरुले फाइदा लिनसक्ने फ्यानका महासचिब दिलिप बादेले बताउनुभयो ।















प्रतिक्रिया